गाउँका सयपत्री

feature-image

Play all audios:

Loading...

काठमाडौ — हुनलाई उनी भण्डारी हुन् । पारिजातबाट प्रभावित भएर उनी साहित्यतिर लहसिन थाले र थरको ठाउँमा 'सयपत्री' लेख्न सुरु गरे । <?xml encoding="UTF-8"??> आफू प्रावि


तहको शिक्षक रहेको रामेछापको दुर्गम गाउँबाट उनी कहिलेकाहीं राजधानी आउँछन् ।'यहाँका पत्रपत्रिकामा गत वर्ष मेरा सयभन्दा बढी रचना छापिएछन्,' पत्रपत्रिकामा रचना दिन र छापिएकाको


पत्रंपुष्पं उठाउन आएका उनले हालैको भेटमा सुनाए, 'दुर्गमको भए पनि राजधानीले मलाई माया गरेको छ ।'उनको गाउँ फुलासी पुग्न मोटर चल्ने बाटो छाडेर एकबिहान हिँड्नुपर्छ । गाउँमा न बिजुली छ


न सञ्चारको सुविधा । नयाँ पत्रपत्रिका वा पुस्तक हेर्न दिनभर लगाएर सदरमुकाम मन्थली पुग्नुपर्छ । सिर्जनालाई निरन्तरता दिए पनि पत्रिका प्रकाशन गृहसम्म पुर्‍याउन आफैं धाउनुपर्छ । त्यस्तो


प्रतिकूलताले पनि सयपत्रीलाई सृजनकर्मबाट गलाउन सकेको छैन । दिनभर गाउँले बालबालिकालाई कखरा चिनाउँदा कथाका प्लट भेट्छन् उनी । 'त्यसैमा केही कल्पनाको रंग पोत्छु,' उनले भने, 'कथा


गाउँमै भेटिन्छ । प्रविधि सहरमा छ । प्रकाशन गर्न मात्रै सहर धाउनुपर्छ ।' उनले 'कविता गर्भधारण गर्छन्' -कविता संग्रह), 'उत्सव र मालीको थाल' -पूणर्ांकी नाटक),


'पालैपालो कथा भनौं' -बालकथा संग्रह), 'पांग्रेको सहरयात्रा' -बाल उपन्यास), 'समयका स्वरहरू' -कवितासंग्रह, सहलेखन) पाठकसमक्ष ल्याइसकेका छन् । पहिले बढी कविता लेखे


पनि यति बेला उनको रुचि बदलिएको छ । 'मैले आख्यानमै आफ्नो भविष्य देखें,' उनले सुनाए, 'कविता लेख्न भने छाड्दिनँ ।' त्यो चाहिँ साहित्यिक कार्यक्रममा सुनाउन रे । उनका 'म


अर्थात् करुणा' -उपन्यास), 'मखमलीका राजाहरू' र 'हाम्रो पवन सर' -कथासंग्रह) प्रेसमा छन् । 'पत्रपत्रिकामा प्रकाशित कथाको संग्रह निकाल्ने हो भने चार कृति


जन्मन्छन्,' उनले भने, 'पाण्डुलिपिमै अरू ५० वटा कथा तयार छन् ।' उनी प्रकाशकको खोजीमा छन् । प्रकाशनमा यस्तो अपहत्ते छ भने किन लेख्छन् उनी ? 'आत्मसन्तुष्टिका लागि । लेखनीले


ऊहापोह र उत्कण्ठाहरू बाहिर ल्याउन सघाउँछ,' उनले भने । देखेभोगेको कुरालाई सार्वजनिकीकरण गर्दा उनलाई आनन्द लाग्छ रे ! पत्रपत्रिका र पुस्तकको अभाव हुन नदिन उनले आफ्नो घरलाई नै पुस्तकालय


बनाएका छन् । 'राजधानी आएका बेला पाएसम्म पत्रपत्रिका र खर्चले भ्याएसम्म पुस्तक लैजान्छु,' उनले सुनाए, 'साझा प्रकाशनले प्रकाशन गरेका अधिकांश कृति संकलन गरेको छु ।' उनले


मासिक तलबको १० देखि १५ प्रतिशत पुस्तक किन्न खर्चने गरेको बताए । आफूले संकलन गरेका ती पुस्तक हालै उनले सुदीर्घ सयपत्री सार्वजनिक पुस्तकालय स्थापना गरेर हस्तान्तरण गरे । 'गाउँमा चेतना छैन


 । नैतिक शिक्षाको अभाव छ । मान्छे बन्न पढ्नैपर्छ,' उनले भने, 'म गाउँमा चेतना सञ्चार गराउन चाहन्छु । गाउँलेलाई पुस्तकप्रति मोह बढाउन चाहन्छु ।' दुर्गममा भएकाले सिर्जनालाई पेसा


बनाउन नसकेको पीडा उनलाई छ । 'सहरमा भए म लेखेरै बाँच्ने थिएँ,' उनले भने, 'गाउँमा त्यो अवस्था कहाँ छ र ?' हो पनि । प्रकाशित : वैशाख १३, २०६७ ०९:०८ पुस १६, २०६७ पुस १६, २०६७


पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार,


विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल


बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com