
Play all audios:
चारैतिर प्रकृतिले घेरिएको त्यो सुन्दर बस्ती बिहानीको उषाकिरणसँगै मोतीझैं टल्किने त्यो हिमसिखरहरू, घना जंगलको बीचमा गुराँसका थुङ्गाले सजिएको ताल, छङ्गछङ्ग गर्दै खहरे खोलाहरू आहा ! सुन्दा नै
कति रमाइलो लाग्ने त्यो सुन्दर बस्ती । त्यही सुन्दर बस्तीसँगै अब त चमेली पनि पन्ध्र पूरा भई सोह्रौं वसन्तमा पाइला टेक्दै छे । <?xml encoding="UTF-8"??> चमेली सानैदेखि चञ्चली
राम्री र लगनशील थिई । स्कुलमा पनि वाषिर्क राम्रो अंक ल्याएर उत्तीर्ण हुन्थी, सरहरूको प्रशंसा गर्थे, सबैको हाई हाई थिई चमेली, विडम्बना, घरको आर्थिक कमजोर हुनुको साथै विभिन्न समस्याका बाबजुत
पढाइलाई बीचैमा ब्रेक लगाएकी थिई चमेलीले । अब त समयको मागसँगै चमेलीका अंगहरूमा परिर्वतन आउन थाल्यो । कता कता अप्ठयारो महसुस गर्दै मन्द मुस्कान सरी सिन्का भाँचेर पारि पाखा हेर्दै टोल्याउँथी त
कहिले खुरुरु कुदेर बाख्राको पाठा च्यापेर समाउँथी, सुम्सुम्याउँथी । एवं रीतले समय बित्दै गयो । दाउरा, घाँस मेला पात गर्ने, अर्काको खेतबारीमा काम गरेर बनिबुतो ल्याएर परिवारलाई बिहान बेलुका
खुवाउन चमेलीको नियति नै बनिसकेको थियो । आफ्नो बाबाआमाको जग्गा जमिन थोरै मात्रै थियो । आफ्नो जग्गाको उब्जाउले केवल पाँच महिना मात्रै धान्थ्यो बाँकी सात महिना अर्काकै काम गरेर गुजारा
चलाउनुपथ्र्यो । उसको बाबालाई मुटुसम्बन्धी रोग थियो । आमालाई दमको, त्यसैले घरकी जेठी छोरी चमेली भएपछि सबै समस्याको सामना उसैले गर्नुपथ्यो तैपनि चमेली सहनशील, संघर्षशील थिई । समय आफ्नै गतीमा
चल्दैथियो । सदाझैं यो मिरमिरे बिहानी पनि चमेली पारि वनमा घाँस काट्न गई घाँस काटेर भारी पुर्याएपछि एउटा ठुलो ढुङ्गामाथि बसेर मसिनो भाकामा गीत गुन्गुनाउन थाली । त्यस बेला दूधकोसी एफएमले खुबै
प्रसारण गथ्र्यो सञ्जीवनीको आवाजमा रहेको 'डाँडा पाखा छहराले तिम्रै गीत गाउँछ' चमेलीले पनि हातमा कचिया समाएर पारि पाखा हेर्दै यही गीत गाउन थाली । तलबाटोमा एकजना ठिटो आउँदै गरेको देखि
तर उसले गीत गाइरही एकछिनपछि त्यो ठिटो त चमेली नजिकै आइपुगेछ । नमस्ते बहिनी । चमेली झसङ्ग भई फर्केर हेरी, अघि देखेको ठिटो त यहाँ नै पो आाइपुगेछ । अंँ.. नमस्ते, कहाँ को हो तपाई ? चमेलीका
अपर्झट अञ्जान प्रश्नहरूको उत्तरमा ठिटोले बैनी म एउटा परदेशी मेरो नाम तुफान । मेरो घर तिनौ खोला पारि पर्छ । म चै लुक्ला एयरपोर्टसम्म जान लागेको तर बाटो भुलेछु, त्यसैले सोधौं कि भनेर बैनी ।
परदेशी तुफानको मिठो शैलीमा नाम ठेगाना जानकारी पाएर चमेली पनि लुपुक्क परी उत्तरमा । चमेलीले यही बाटो नछोडी जानुसमाथि देउराली डाँडा आउँछ त्यसपछि बायाँ लाग्नुहोला । त्यही बाटोले लुक्ला एयरपोटर
पुगिन्छ । तुफानले ल ठीक छ बैनी तिम्रो नाम के पर्यो । के काम गछ्र्यौ भन्न मिल्छ भने भनिदेऊ न ? त्यसपछि चमेलीले अलि लजाएर भनी मेरो नाम चमेली, काम त त्यस्तै त हो नि दाउरा घाँस मेलापात । फेरि
तुफानले यति राम्री भएर पनि कल्कलाउँदो उमेरमा दाउरा घाँसमा जीवन अल्झाउँछन् त ? सहरमा गएर जागिर नखाएर झिलिमिली नहेरेर यो कुना पाखामा किन जीवन बर्बाद बनाउँछयौ बैनी । तुफानको यो चाल सबै अपराधी
क्रियाकलापसम्बन्धी थियो । तर बिचरी अञ्जान चमेली पहिलो भेटमै लठ्ठ पर्दै छे । यसरी नै तुफानले कुरो अगाडि बढायो । अँ चमेली बैनी म चैं टे्रकिङ्ग क्षेत्रको मान्छे हो कहिले कता कहिले कता घुमिरहन
पर्छ आज तिमीजस्ती राम्री स्वभावकी बैनीसँग भेट गर्न पाउँदा खुसी लाग्यो । अनि चमेलीले सोधी साँच्चि तुफान दाइ टे्रकिङ्ग भन्ने सुनेको त छु त्यसमा के काम गर्नुपर्छ । तलब कति पाइन्छ नि ? अब
तुफानले झन् खुलेर भन्यो काम त कुइरेसँग भनौं पर्यटकसँग घुम्ने हो । हिमाल, पहाड गाउँबेसी सबै घुम्न पाइन्छ । तलब असीमित हुन्छ अंग्रेजी भनेको फरर बोलिन्छ ताक परे अमेरिका, जर्मनी, क्यानडा पनि जान
पाइन्छ चमेली आम्मामा । दाइ राम्रो पो हुने रैछ त । तुफानले राम्रो त हुन्छ त मिठै खान राम्रै लाउन पाइन्छ । हिमालमा जाँदा हाइटेक सुटबुट लगाउनुपर्छ । चमेलीले फेरि सोधी केटी मान्छे जान पाइन्छ ?
तुफानले जान पाइे कुरा गर्यो । त्यसैले त त्यस्तो रमाइलो छोडी यस्तो वनपाखामा जीवन नबिताऊ अर्कोचोटि म आउँदा साथमा लिएर जाउँला उहाँ पनि थुप्रै केटी मान्छे छन् । नाम भन्छु पासाङ्ग दिकी शेर्पा,
दावा कान्छी मुस्कान, डिन्म दिकी शेर्पालगायत थुप्रै छन । ल तिमीलाई अर्कोचोटि म जसरी पनि लिएर जान्छु । क्षणिक भेटमा नै तनमन साटियो खुसी लाग्यो हेर कति राम्री मोरी भनेर तुफानले गालामा स्पर्स
गर्यो । हात बिस्तारै समायो चमेली लाजले रातो पिरो भई भुइँतिर हेरी मुसुक्क मुस्कुराई, ल त चमेली बैनी ऐलेलाई म जान्छु यो मेरो मोबाइल नम्वर भनेर ५ सयको नोटमा लेखेर दिएर त्यहाँबाट हिँड्यो । त्यस
दिनदेखि चमेलीलाई परदेशी तुफानको यादले नराम्रो गरी सताउन थाल्यो । एकदिन त तल सल्लेरी सदरमुकाम आएर तुफानलाई फोन गरी, तुफान दाइ नमस्ते । कहिले आउनुहुन्छ मलाई भेट्न ? उत्तरमा तुफानले म असोज २४
गते भेट्न हैन लिन आउँदै छु । चमेलीले हतपत अनि मेरो माली बाछी भाइ बहिनी ? तुफानले आ छाडिदेऊ त्यो सब पछि छिट्टै फर्किआउला धनकमाई ल्याउला । यी सबै कुरा सुनेर तुफानको बोलीमा चमेलीका आँखाहरू
रसाए, त्यसपछि हरेक सपना बुन्दै चमेली घर फर्की आज भन्दै भोलि भन्दै असोज २४ गते अााइपुग्यो । अनि २३ गते बेलुकी चमेलीले बाटोमा खानलाई खाजा मकै भटमास भुटी, ५-७ दाना नासपती र स्याउ पनि झोलामा
राखी, कपडाहरू सबै प्याक गरी अनि सुत्नलाई ओछ्यानमा पल्टी । तर त्यो रात पटक्कै निद परेन उसलाई सानो भाई भने चिर निद्रामा घुरिरहेको थियो । चमेलीले कोल्टे फेर्दाफेर्दै बिहानीको पहिलो भाले बास्यो
अनि चमेली हत्तपत्त उठी टुकी बती बाली अनि सानो भाइलाई हेरी गालामा स्पर्श गरी, कान्छा, आजदेखि बस ल । म पछि जुत्ता, पुतली मिठाई ल्याइदिन्छु । भन्दै बिस्तारै उठेर झोला बोकी भाई बिउँझेकै थिएन ।
चमेली गाई गोठमा पनि पुगी माली बाछीको मुखमा चुमी, बाछीले ट्याँ.. गरी करायो अरू गाईहरू पनि बा..बा.. गर्न लागे । चमेलीले सुस्तरी पाइला अघि बढाई गाईवस्तुले पनि बियोगको क्षण थाहा पाएर होला कान
ठाडो पारी पारी चमेलीतिर नै हेरिरहे । चमेली विलीन भई, उता तुफान पहिलाझैं ठूलो ढुङ्गामा छटपटीमा पर्खिरहेको थियो । चमेली झट्ट देखा पर्छे । तुफान खुसीले हाई चमेली । किन ढिला नि ? चमेली गर्दा
भन्दा ढिला भो दाइ हल्का मुस्कुराई बिचरी चमेलीलाई थाहा छैन । यो उमंग यो खुसीहरू भोलि कुन शिशिरको तुषारापातमा परिवर्तन हुने हो । यसैगरी त्यहाँबाट छिटोछिटो हिँडेर सल्लेरी अााइपुग्ने त्यहांबाट
डाइरेक्ट कटारीलाई बस चढेर कटारी आइपुगे, रात पर्यो । त्यो रात चौतारी होटलमा बास बसे, तुफानले मिठामिठा सपना देखायो । पहिला दिल्ली गएर आफ्नो फुपूलाई भेटेर आउने त्यसपछि पोखरामा बस्ने बतायो ।
बिचरी अञ्जान चमेली हस् र हुन्छ भन्दै गई । भोलि बिहान कटारीबाट बुटबलसम्मको गाडी चढे अनि बुटवल ओर्लेपछि फेरि सुनौली बोर्डरसम्मको गाडी चढे । सुनौली पुगेपछि चेक जाँचमा श्रीमती हो भनेर पार गर्यो
त्यसपछि गाडी चढे त्यसपछि दिल्लीतर्फ लागे भोलिपल्ट बेलुकी दिल्ली पुगे त्यहाँ बस पार्कमा एउटी नेपाली महिला लिन अााइन्, उहाँ मेरो फुपू हो भन्यो तुफानले अनि नमस्ते भनी चमेलीले । तत्पश्चात् एउटा
होटलमा त्यो रात बास बसे, त्यो फुपूचैं भोलि भेटौंला भन्दै गई । त्यसपछि हरेक कुराहरू तुफानले मिठो मिठो कुरा भन्दै सपना देखायो । हामी २,३ दिन बसेर नेपाल पोखरा जानुपर्छ भन्यो । बिचरी चमेलीलाई
क्यै था छैन बिरानु ठाउँ बिरानु मान्छे भाषा पनि थाहा छैन । अनि भोलि बिहान टयाक्सी चढेर फुपूलाई भेट्न गए, एउटा ठूलो घरमा प्रवेश गरे, त्यहाँ त्यही हिजोको फुपू थिइन् । यिनको नाम चैं के हो ?
चमेली हो सारै छिन् सारै ज्ञानी छिन् । चमेलीको प्रशंसा गर्यो तुफानले । त्यसपछि एकजना नेपाली बैनीले जुस लिएर अााइन्, सबैजनाले जुस पिए अनि तुफानले फुपूसँग हिन्दीमा बात गर्यो । यहाँ छोकरी बहुत
दर गाउँसे लेके आया हुँ । सिल नही तोडा है । पचासी से कम नही होगा, सामने हे देखो त । तुफानले हिन्दीमा फुपूसँग मोल तोल गर्यो विचरी अञ्जान चमेली बालकलाई झैं के थाहा हिन्दी र म भुव अन्धकारमा
फस्दै छु भन्ने । त्यसपछि तुफान बाहिरियो ल चमेली म भोलि नेपाल लैजानको लागि केही सामानहरू किनेर ल्याउँछु त्यसपछि तिमीलाई पनि घुमाउनु र केही कपडा किन्नलाई लैजान्छु एकैछिन बस्दै गर भनेर ३ सय
भारु पनि दियो । चमेलीले हस् छिट्टै आउनुस् ल । मलाई न्यास्रो लाग्छ भनी । ए भै हाल्छ नि बस्दै गर छिट्टै आउँछु भन्दै त्यहाँबाट तुफान निस्कियो, चमेलीको पर्खाइमा ऐले आउँछ ऐले आउँछु तर तुफान
फर्केर आएन अञ्जान चमेलीको मनमा अनेकौं शंकाको डेरा जम्यो कि कसैले कुटेर मारेकी गाडी एक्सिडेन्टमा पर्यो कि कतै फर्केर आउँदा बाटो भुल्यो कि के भयो होला उसलाई चमेली रोई कराई तुफानको
अनुपस्थितिमा धेरै रोई । त्यतिकै साँझ पर्यो तुफान त आएन अर्कै २ जना काले भुसतिघ्रे आएर चमेलीलाई आक्रमण गरे । चमेली रोई कराई नाई नाई अगाडि नबढ... तुफान गुहार छिटो आउनुस् कहाँ हुनुहुन्छ ? तर
ती चमेलीका रोदन चित्कार केवल त्यही कालकोठरी र २ जना गिद्धबाहेक कसले पो सुन्ने थियो । त्यो २ जनाले चमेलीको चित्कारलाई हाँसोमा उडाए । चमेली बाध्यताले एकाएक लुटिइँदै गई तर तुफान भने पैसाको बिटो
पोको पारेर नेपाल फर्किसकेको थियो र त्यस्तै फसाद । अपराधी क्रियाकलापको चर्चा चल्न थाल्यो । उता चमेली भने रात दिनकेा चित्कारमा नर्क जीवन बिताउन बाध्य थिई । अचानक दिल्ली प्रशासनले १८ अठार
वर्षभन्दा कम उमेरका बेश्यावृत्तिमा संगलग्नतालाई छुट्कारा दिलाउन छापा मार्यो । जसमा चमेली सयौंको बीचमा भाग्यमानी नेपाली चेली परी त्यसपछि त्यहाँबाट मुक्ति पाएर नेपाल आई । र भैरहवास्थित माइती
नेपाल काार्यलयमा निज तुफान नभईकन ठगबहादुर रम्तेल भई पहिलादेखि नै जीउ ज्यान मास्ने तथा चेलीबेटी बेचबिखन कार्यमा संलग्न भएको र माइती नेपालको नजरमा लुकीछिपी रहँदै आएकोले हाल भने चमेलीको
उजुरीद्वारा पक्राउ गरी निज ठगलाई जीउ ज्यान तथा बेचबिखन ऐनअन्तर्गत हदैसम्मको सजाय दिई अँध्यनरो जेलको छिडीभित्र, २४ घन्टा उडुस र मछेडको सामना गर्दै अपराधको पश्चाताप गर्दै छ । -
सोलुखुम्बु,जुबु-६, हाल ः कतार प्रकाशित : असार ८, २०६९ १०:१८ मंसिर २८, २०६९ मंसिर २८, २०६९ मंसिर २८, २०६९ मंसिर २८, २०६९ मंसिर २८, २०६९ मंसिर २८, २०६९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो
वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र
विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य
प्रकाशनहरु © Copyright ekantipur.com