‘चार न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेका हुन्? ’

feature-image

Play all audios:

Loading...

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासमा कानुन व्यवसायीहरुले चार जना न्यायाधीशहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको भनी आचारसंहिताको प्रश्न उठाएका छन् । <?xml


encoding="UTF-8"??> प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइका क्रममा निवेदकमध्येकी एक शशी श्रेष्ठले भेटको प्रसंग कोट्याउँदै ‘निष्पक्ष न्याय सम्पादनको सुनिश्चितता हुनुपर्ने’


माग गरेकी हुन् । विघटित प्रतिनिधिसभाको राज्य व्यवस्था समिति सभापतिसमेत रहेकी श्रेष्ठले पुस २६ गते न्यायाधीशहरू दीपक कार्की र मीरा खड्काले प्रधानमन्त्रीलाई राति ८ देखि ९ बजेसम्म भेटेको कुरा


आएको कान्तिपुरलाई बताइन् । ‘त्यसको भोलिपल्ट न्यायाधीश सपना प्रधान मल्ल र हरिकृष्ण कार्कीले दिउँसो साढे १ बजेदेखि करिब ३ बजेसम्म भेटेको कुरा आएकाले इजलासमै प्रश्न उठाउन गएका हौं,’ उनले भनिन् 


। श्रेष्ठले यो प्रसंग राखिनसक्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘यस्तो कुरा यहाँ नगर्नुस्’ भन्दै विषयवस्तु टुंग्याउन आदेश दिएका थिए । केहीबेरमा सर्वोच्च अदालतले विज्ञप्ति जारी गरेर


यस्तो समाचारप्रति ‘गम्भीर ध्यानाकर्षण’ भएको प्रतिक्रिया दिएको छ । सर्वोच्चले न्यायपालिकाको स्वच्छता र अदालतप्रतिको जनआस्थामा प्रतिकूल प्रभाव पर्ने गरी झूटो र असत्य समाचार सम्प्रेषण भएको भनी


प्रतिक्रिया दिएको हो । विचाराधीन मुद्दामा अनावश्यक आशंका र भ्रम हुने गरी समाचार प्रकाशित भएको भन्दै सर्वोच्च अदालतले विज्ञप्तिमा भनेको छ, ‘स्वयं पत्रकार आचारसंहिता र कानुन प्रतिकूल हुने


हँुँदा कानुनी दायरामा आउन सक्नेतर्फ सचेत हुन अनुरोध छ ।’ निवेदक श्रेष्ठले भने केही मानिसले आफूहरूलाई पहिल्यै यसबारे सूचना दिइसकेको बताइन् । उनका अनुसार, त्यसको आधिकारिकतामा समेत कुराकानी


भएको थियो । उनले भनिन्, ‘उहाँहरूले सीसीटीभी फुटेज मगाएर हेरे हुन्छ नि भनेपछि विश्वस्त भएका हौं ।’ न्यायालय दबाब र प्रभावमा पर्दैन भन्ने मान्यता रहेकामा त्यो आस्था नटुटोस् भनेर इजलासमा नै


ध्यानाकर्षण गराएको उनको भनाइ थियो । प्रकाशित : माघ ३, २०७७ ०९:०४ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो


पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर


पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com