‘देउवाबाहेक जो उम्मेदवार भए पनि एमालेको समर्थन’

feature-image

Play all audios:

Loading...

काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले कांग्रेस–माओवादी केन्द्रवीचको गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाबाहेक अरु जो आएपनि प्रधानमन्त्री


निर्वाचनमा आफ्नो पार्टीले समर्थन गर्ने स्पष्ट पारेका छन् । <?xml encoding="UTF-8"??> पोखरेलले कांग्रेस र माओवादी केन्द्रकै गठबन्धनबाट देउवाबाहेक नयाँ विकल्प अघि सारिए आफ्नो


पार्टीले समर्थन गर्न सक्ने संकेत गरे । उनले भने,‘कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट देउवाजीबाहेक अरु कोही वा विकल्प अघि सारिन्छ भने हामी समर्थन गर्छौं।’ शुक्रबार रिपोर्टर्स क्लब नेपालले


आयोजना गरेको साक्षात्कारमा पोखरेलले कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा उठे आफ्नो पार्टीले कुनै पनि हालतमा समर्थन नगर्ने बताएका हुन् ।


उनले भने, ‘कांग्रेस सभापति देउवाजीलाई प्रधानमन्त्री बन्न हतारो छ, सत्ताको लागि उहाँलाई निकै हतारो देखिएको छ, त्यसैको उपज हो प्रधानमन्त्री प्रचण्डजीको गलत समयमा आएको राजीनामा, त्यसैले हामी


यही गठबन्धनका तर्फबाट देउवाजी प्रधानमन्त्रीमा उठ्नुभयो भने हामी कुनैपनि हालतमा उहाँलाई समर्थन गर्न सक्दैनौं ।’ यदि कांग्रेस र माओवादी केन्द्रले देउवालाई नै प्रधानमन्त्रीको रुपमा अघि सारे


आफ्नो पार्टीका तर्फबाट उपाध्यक्ष वामदेव गौतमलाई उठाउने समेत तयारी भएको उनले जानकारी गराए । उनले भने, ‘हाम्रो तर्फबाट वामदेवजीको बलियो सम्भावना छ, हामी उहाँलाई नै प्रधानमन्त्रीमा उठाउँछौं।’


राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले आफूहरू खाली हात सरकारमा नजाने बताएका छन् । पुष्पकमल दाहाल नेतृत्वको सरकार गठनका बेला तीन बुँदे सर्तसहित सरकारलाई आफूहरुले समर्थन दिएको स्मरण गर्दै


भने, ‘हामीले प्रचण्डको सरकार गठनका बेला तीन बुँदे सम्झौता गरेर मतदान गर्यौँ तर उहाँले हाम्रा माग सम्बोधन गर्न सक्नुभएन् ।’उनले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई तत्काल विना


शर्त: समर्थन नगर्ने समेत बताए । नेपाली कांग्रेसका नेता महेन्द्र यादवले सभापति शेरबहादुर देउवा निर्विकल्प प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । कांग्रेस र माओवादी केन्द्रबीचको सत्ता साझेदारीको


लागि गरिएको भद्र सहमतिको आधारमा सभापति देउवा प्रधानमन्त्री बन्नेमा कुनै दुईमत नभएको स्पष्ट पारे । नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले गठबन्धन नटुट्ने जानकारी दिए । प्रकाशित :


जेष्ठ १९, २०७४ १५:१५ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व,


सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली


काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com