
Play all audios:
काठमाडौं — पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले हचुवामा संविधानसभा ब्युताउन खोज्नु ठूलो भूल हुने बताएका छन् । मुस्लिम इत्तेहादले 'इद मिलन कार्यक्रम' लाई
सम्बोधन गर्दै नेता नेपालले दलहरूबीच सहमति नभई संविधानसभा पुनःस्थापना गर्न नहुने धारणा राखे । <?xml encoding="UTF-8"??> पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार
नेपालले हचुवामा संविधानसभा ब्युताउन खोज्नु ठूलो भूल हुने बताएका छन् ।एमाले भ्रातृ संगठन मुस्लिम इत्तेहादले बिहीबार राजधानीमा गरेको 'इद मिलन कार्यक्रम' लाई सम्बोधन गर्दै नेता
नेपालले दलहरूबीच सहमति नभई संविधानसभा पुनःस्थापना गर्न नहुने धारणा राखे । 'पुनःस्थापना गर्नेतिर हतार गर्नुभन्दा संविधानको पूर्णता कसरी दिन सकिन्छ भन्नेतिर ध्यान दिनु जरुरी छ'
वरिष्ठ नेता नेपालले भने, 'यतिबेलाको समय भनेको सहमति कामय गर्नु हो ।' विवादित विषयमा सहमति नै नभई संविधानसभा पुनःस्थापना भए पनि संविधान जारी हुनेमा उनले आशंका व्यक्त गरे ।
'कुनै दाउपेचका लागि संविधानसभा ब्युताउँनु हुन्न' नेपालले भने, 'पहिला संविधान जारी गर्ने सुनिश्चित वातावरण तयार हुनुपर्यो । सबै दलहरूले इमान्दारिता प्रस्तुत गर्नुपर्यो
।'बाबुराम भट्टराईको सरकारले मुलुकलाई दिनप्रतिदिन कंगाल बनाउँदै लगेको आरोप लगाउँदै पूर्व प्रधानमन्त्री नेपालले नियम मिच्दै सरकार अघि बढिरहे पनि कारबाही गर्ने निकाय मूकदर्शक बनेको बताए
।'पोखरा विमानस्थलको विषयमा माओवादीले ठेकेदारबाट घूस लिएको स्विकार्दा पनि अख्तियार र अन्य निकायले किन कारबाही गर्न सकेन ?' नेपालले प्रश्न गरे । भट्टराईले राष्ट्रियतामा आँच आउने गरी
विभिन्न क्रियाकलाप गरिरहेको बताउँदै उनले तेहरान गएका भट्टराईले फेरि पनि विदेशी आशीर्वाद लिएर आउने तर्क गरे । 'भट्टराईलाई नेपाली जनताको माया ममता छैन' उनको आरोप थियो, 'फेरि पनि
भट्टराईले विदेशीकै आशीर्वाद लिएर आएर विमानस्थलमा चर्का कुरा गर्नेछन् ।' इदका अवसरमा गरिएको कार्यक्रममा संगठनका अध्यक्ष महमुद आलमले सरकारले विगतमा मुसलमानहरूसाग धेरै सम्झौता र सहमति गरे
पनि कार्यान्वयन नभएकामा दुःख व्यक्त गरे । प्रकाशित : भाद्र १४, २०६९ १८:५४ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा
यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र
विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य
प्रकाशनहरु © Copyright ekantipur.com