चितवनमा ७२ घण्टामै ५० शय्याको अस्पताल

feature-image

Play all audios:

Loading...

चितवन — भरतपुर महानगरपालिकाले कोभिड–१९ का शंकास्पद वा संक्रमितको उपचार गर्न ७२ घण्टामै अस्थायी अस्पताल बनाएको छ । भरतपुर–१० स्थित चितवन प्रदर्शनी केन्द्र (एक्स्पो सेन्टर) मा निर्माण गरिएको


अस्पताल शुक्रबार बिहानबाट सञ्चालनमा ल्याइने मेयर रेणु दाहालले बताइन् । <?xml encoding="UTF-8"??> ७० बेडको अस्पताल सञ्चालन गर्ने भनिए पनि तत्कालका लागि ५० बेडबाट सेवा सुरु


गर्न लागिएको उनले जानकारी दिइन । ‘थप १० बेडको आईसीयू र १० बेडको एचडीयू सेवा पनि सञ्चालन हुन्छ, त्यसको काम जारी छ,’ उनले भनिन्, ‘जनरल वार्ड सञ्चालनमा आएलगत्तै विशिष्ट उपचार कक्ष पनि तयार


हुनेछ ।’ आईसीयू, एचडीयू र जनरल वार्डका लागि चाहिने औजार उपकरण यहीँका अस्पतालबाट झिकाइएको महानगरले जनाएको छ । ‘भवन हामीसँग तयारै थियो । बेड र अन्य औजार उपकरण सरकारी अस्पताल, दुई वटा मेडिकल


कलेज, क्यान्सर अस्पतालबाट जुटाएका हौं,’ दाहालले भनिन् । उनका अनुसार अस्पताल सञ्चालनको जिम्मेवारी महानगरले लिनेछ भने संघीय सरकार र प्रदेश सरकारका सम्बन्धित मन्त्रालयको समन्वयमा खर्च


व्यवस्थापन हुनेछ । चिकित्सक डा. भोजराज अधिकारीको संयोजकत्वमा कोरोना विशेष अस्थायी अस्पताल व्यवस्थापन समिति बनेको छ । ‘भएको जनशक्ति र औजार उपकरणलाई केन्द्रीकृत गरी एकै ठाउँबाट विशेष उपचार


सेवा दिन यस्तो अस्पताल उपयुक्त हुने देखेर काम गरेका हौं,’ डा. अधिकारीले भने । यो अस्पताल आमसर्वसाधारणको ओहोरदोहोर र जमघट हुने ठाउँमा नभएको उनले बताए । अस्पतालमा तत्काल १४ जना स्वास्थ्यकर्मी


परिचालन हुनेछन् । सरकारले तलबको ७५ प्रतिशत प्रोत्साहन भत्ता दिने बताए पनि उपचारमा खट्ने स्वास्थ्यकर्मीलाई महानगरले शतप्रतिशत नै भत्ता दिने दाहालले घोषणा गरिन् । महानगरले मंगलबार ७२


घण्टाभित्र अस्थायी अस्पताल बनाउने निर्णय लिएको थियो । उता, भरतपुर अस्पतालले १९ शय्याको आइसोलेसन वार्ड तयार पारेको छ । सरकारीबाहेक जिल्लामा रहेका दुई शिक्षण अस्पताल र निजी अस्पतालले यो स्तरमा


आइसोलेसन वार्ड बनाएका छैनन् । जिल्ला प्रशासनले शिक्षण अस्पताललाई २०/२० वटासमेत गरेर जिल्लाभरमा ७५ आइसोलेसन वार्ड बनाउन भनेको छ । प्रकाशित : चैत्र ६, २०७६ २१:०५ कान्तिपुरका स्तम्भहरु हाम्रो


बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार


र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य


प्रकाशनहरु © Copyright ekantipur.com