
Play all audios:
नयाँ वर्षमा तपाईंले चुरोट, खैनी, रक्सीजस्ता अम्मल त्याग्ने घोषणा गर्नुभएको छ ? यदि छ भने एकपटक शान्त दिमागले सोच्नुस् त, तपाईंले जीवनमा कतिपटक यस्तो घोषणा गर्नुभएको छ ?
वेदराज ढुंगाना घरबाहिर निस्कँदा आफूलाई निकै असुरक्षित ठान्छन्। हरपल आतंकमा बाँचिरहेका उनको एक मात्र चासो हुन्छ, कुनै दुर्घटनामा परेर रगत नबगोस्। ४५ वर्षीय वेदराजका जोर्नी, दुवै घुँडासमेत
बिग्रिसकेका छन्। उनलाई हिँड्न त्यत्तिकै पनि गाह्रो छ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकुले प्रकाशित गरेको पछिल्लो प्रतिवेदनअनुसार २०७१ साल असारसम्ममा २५ हजार २ सय २२ व्यक्ति एचआईभी संक्रमित छन्, तीमध्ये १८ सय ६८ जना १५ वर्ष मुनिका
बालबालिका छन् ।
नयाँ वर्षमा ‘नयाँ पुस्ता’ले कुनै संकल्प गर्नुभएको छ? यस पटक आफ्नो परिवार, समाज र देशका लागि २० देखि ४० वर्ष उमेर समूहका तपाईंहरू आफ्नो स्वास्थ्यको वास्तविक स्थिति बुझेर यसलाई स्वस्थ राख्न
वैज्ञानिक प्रक्रिया अपनाउने संकल्प लिनुस्।
एक दिनमा तीन वा त्योभन्दा बढीपटक पानीजस्तो पातलो दिसा लाग्नु झाडापखाला हो । आँखाले देख्न नसकिने किटाणुहरूको कारणबाट खाना, पानी संक्रमित भई खाना, पानी र फोहोर हातको माध्यमबाट निरोगी मानिसमा
यो रोग सर्छ ।
कलेजो पेटको माथिल्लो दाहिने भागमा करङको पछाडि हुन्छ । कलेजोले गर्ने काम र स्वस्थ जीवनमा यसको भूमिकाको व्याख्या गर्न यस लेखले पर्याप्त हुँदैन तर अहिलेलाई यति बुझौं कि कलेजोबिना जीवन र कुनै
पनि शारीरिक प्रक्रिया सम्भव हुँदैन ।
छालालाई चिल्लो र सफा देखाउन नचाहिने ‘रौं’ हटाउने चलन हिजोअस्ति सुरु भएको होइन। यो फेसन परापूर्वकालदेखि नै जारी छ। प्राचीन कालमा राजा, महाराजसहित आर्थिक र पदीय शक्तिशाली वर्गका महिलाले
विभिन्न प्रक्रियाले आफ्नो शरीरमा नरुचाएका रौं हटाउने गरेको वर्णन इतिहासमा पाइन्छ।
एकाबिहानै अस्पतालको गाडी प्रतीक्षा गरिरहँदा प्राय: सधैं देखिन्छन् उनी । झुम्म दाह्री, लामा कपाल, च्यातिएका लुगा, राता आँखा, फुस्रा छाला, कसैसँग संवाद भइरहेझैं गरी चलिरहने ओँठ, कहिले रिसाएझैं
त कहिले खुसी भएझैं गरी बदलिरहने अनुहारका भाव ।
पुरुष जनेन्द्रिय प्रणालीको एउटा महत्त्वपूर्ण भाग प्रोस्टेट ग्रन्थि मांसपेशी, कोष र तन्तुहरूले बनेको हुन्छ । प्रोस्टेट ग्रन्थिलाई तीन खण्डमा विभाजन गर्न सकिन्छ ।
शरीरको हड्डी मजबुत पार्न सहयोगमात्र नगरेर अरू बिभिन्न प्रकारका रोगसँग प्रत्यक्ष–अप्रत्यक्ष सम्बन्ध राख्ने हुनाले भिटामिन डीलाई एउटा सामान्य भिटामिनका रूपमा मात्र हेर्न उपयुक्त हुँदैन ।
यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र
विश्लेषणलाई समेट्छ।