
Play all audios:
पोखरा — उस्तै अनुहार । उचाइ, लवाइ र बोली पनि दुरुस्तै । विवाहको मण्डपका दुई जोडी देख्नेहरूमात्रै होइन, स्वयं बेहुला-बेहुली पनि झुक्किए । कतिबेला भाइसँग दिदी बस्न जान्थिन्, घरी बहिनीसँग दाजु
। <?xml encoding="UTF-8"??> जन्ती र माइती भने गलल्ल हाँस्थे । सबै भन्थे, 'यस्तो विवाह देखेकै थिएनौं ।'जुम्ल्याहा दाजुभाइ र जुम्ल्याहा नै दिदीबहिनीको आइतबार एकसाथ
भएको विवाहले सबैलाई तान्यो । विवाहको खबर सुनेपछि थुप्रै सञ्चारकर्मी निमन्त्रणाबिनै पुगेका थिए । विवाहस्थलमा भेटिएका बूढापाकाले यस्तो विवाह बिरलै हुने बताए । पोखरा-७ नुवारथोकका जुम्ल्याहा २९
वर्षका राम र लक्ष्मण बरालको कास्की भलामका २५ वर्षका जुम्ल्याहा दिदीबहिनी गंगा र जमुना पौडेलसँग हिन्दु परम्परा अनुसार बिहे सम्पन्न भएको हो । 'जुम्ल्याहा दिदीबहिनी नै बिहे गर्ने सोच
थियो,' राम-लक्ष्मणले भने, 'आज पूरा भयो ।' आफन्तको सहयोगमा उनीहरूबीच मागी बिहे भएको हो । जुम्ल्याहाको सकभर एकैदिन र उस्तैसँग बिहे गर्नुपर्ने बूढापाकाको भनाइले चिन्तित बनाइरहेका
बेला जुम्ल्याहा दाजुभाइ भेट्टाएर बहिनीहरूको विवाह गरिदिएपछि खुसी भएको बेहुलीका दाजु पुष्पराज पौडेलले बताए । 'हामीलाई ज्वाइँ चिन्न र घर तर्फकालाई बुहारी चिन्न मुस्किल छ,' पौडेलले
भने । पुष्पका अनुसार एक मिनेटको फरकमा जन्मिएका गंगा-जमुना दुवै एकैसाथ बिरामी पर्थे । उनीहरूको बोलीचाली, हिँडाइ, लवाइखवाइ, बानीबेहोरा एउटै छ । संयोगले एसएलसीमा पनि समान अंक ल्याएका छन् ।
दिदीबहिनी अहिले पोखरामै स्टाफ नर्स छन् । एउटै घरका दाजुभाइसँग बिहे गर्न पाएकोमा निकै रमाइलो अनुभूति भएको बेहुली गंगा-जमुनाले बताए । उनीहरूले घरिघरि 'आफ्नोलाई' नचिनेर झुक्किए पनि
सञ्चारकर्मीलाई भने त्यसै झुक्याएको भन्दै ठट्टा गरे । १५ मिनेटको फरकमा जन्मिएका बेहुलाद्वय राम-लक्ष्मणको सबै बानीबेहोरा पनि उस्तै छ । पेसा भने फरक । राम पोखरा इन्जिनियरिङ कलेज पढाउँछन्,
लक्ष्मण स्थानीय एक फाइनान्समा काम गर्छन् । दाजु ऋषिराम बरालका अनुसार पढाइदेखि अन्य कुनै पनि काममा उनीहरू छुुट्टँिदैनथे । बेहुला-बेहुलीले एक-अर्कालाई चिन्न नसकेपछि बेहुलीलाई फरकफरक घुम्टो
लगाइदिनुपर्यो । लक्ष्मणको दाहिने र जमुनाको देब्रे गालामा सानो कोठी भए पनि नियालेर हेर्नुपर्ने भएकाले उनीहरूलाई असहज भएको थियो । बेहुला र बेहुलीका लागि गरगहना र कपडा एउटै थियो । झन्डै ६ दशक
पण्डित भएका ७५ वर्षे कृष्णप्रसाद आचार्यले पहिलोपटक यस्तो विवाह गरेको बताए । 'सुनेकोमात्र थिएँ,' उनले भने, 'आफैंले देखें ।' उनले धार्मिक हिसाबले पनि यस्तो विवाह राम्रो
हुने बताए । प्रकाशित : जेष्ठ १०, २०६७ ०८:३८ पुस १३, २०६७ पुस ११, २०६७ पुस १०, २०६७ पुस १०, २०६७ पुस ९, २०६७ पुस ९, २०६७ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय
दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस्
» उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com