
Play all audios:
संखुवासभा — चिचिलामा मकालु हिरक महोत्सवको समापन मंगलबार राति हुँदै थियो । मकालुमा मानवपाइला टेकेको ६० वर्षपुगेको अवसरमा आयोजित दुईदिने महोत्सवको अन्तिम दिन स्टेजमा एकाएक देखिइन्- गायिका
आस्था राउत । <?xml encoding="UTF-8"??> चिसो-चिसो मौसम करिव १९ सय मिटरको उचाईमा देखापरेकी आस्थाले महोत्सवमा भेलाभएका भोजपुर, संखुवासभा र तेह्रथुमका दर्शक स्रोतालाई मन्त्रमुग्ध
बनाइन् । उनले गाएको 'खै त मलाई झुम्के बुलाकी...' र 'चौबन्दीमा पटुकी...' बोलको गीतले दर्शकलाई नचाइन् । चिसो मौसममा भेला भएका दर्शकलाई उनले अरु आधा दर्जन गीत सुनाउन
भ्याएकी थिइन् । गीतसँगै आस्थाले छोरी चेली हेपिएर बस्नु नहुँ सन्देश छाडेकी थिइन् । खै त मलाई झम्के बुलाकी र चौबन्दीमा बोलको गीत ३ पटकसम्म गाउनु परेको थियो । त्यपछि स्टेज सम्हाल्न पुगेका पारी
त्यो डाँडामा गीतबाट चर्चामा आएका गायक कालीप्रसाद बास्कोटाले सबैलाई नचाए । उनले निर जहिल्यै रिसाउने, लपन छपनलगायतका गीत प्रस्तुत गरे । कार्यक्रममा गायक नवीन खड्का, पुस्तका खड्का, कमलीकान्त
भेटुवाल, कमल खत्री, कुमार विवाहित, हास्यकलाकार राजा राजेन्द्र लगायतले प्रस्तुति दिएका थिए । गायक उमङ लामा, भविन ढुंगाना, केसाङ लामा लगायतले संखुवासभालाई चिनाउने गीत प्रस्तुत गरेका थिए । मे
१५, १९५५ का दिन फ्रान्सेली आरोहीहरु लियोनल टेरे र जिन कोउजीले मकालु हिमालको चुचुरामा पहिलो मानव पाइला राखेका थिए । त्यसको भोलिपल्ट आरोहण दलका नेता जिन फ्राङ्को, जि. म्याग्नन र ग्याल्जेन
नोर्बुले मकालु हिमालको चुचुरा पुगेका थिए । मकालु विश्वको पााचौ (८,४६३ मि.) अग्लो र चढ्न कठिन हिमालको रुपमा चिनिन्छ । महोत्सवमा ५० भन्दा बढी मकालु हिमालको सफल विदेशी आरोहीहरुको उपस्थिति थिए ।
महोत्सवको अवसरमा १ दर्जन मकालु हिमाल आरोहीहरुलाई सम्मान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र पर्यटनमन्त्री जीवनबहादुर शाहीले पदक दिएर सम्मान गरे । प्रकाशित : मंसिर ८, २०७३ १४:५१
कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा
जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000
+977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com