माथिल्लो कणर्ाली: डीपीआर अन्तिम चरणमा

feature-image

Play all audios:

Loading...

सुर्खेत — माथिल्लो कणर्ाली जलविद्युत् आयोजनाको विस्तृत अध्ययन -डीपीआर) अन्तिम चरणमा पुगेको छ । <?xml encoding="UTF-8"??> आयोजनाको विस्तृत अध्ययन गर्ने जिम्मा पाएको भारतीय


कम्पनी जीएमआर आईटीडी कन्स्ट्रक्सनले साउनभित्र सरकारलाई डीपीआर तयारीमा जुटेको छ । डीपीआरअन्र्तगत भौगर्भिक अनुसन्धानको काम जारी रहेको निर्माणस्थल तुइनकुनामा नमुना सुरुङ निर्माणको काम भइरहेको


हुनाले दुई महिनाभित्र प्रतिवेदन सरकारलाई बुझाइने माथिल्लो कणर्ाली जलविद्युत् लिमिटेडका एजीएम केके शर्माले बताएका छन् । बाँध निर्माणस्थल दुवै किनारामा ३०/३० मिटर नमुना सुरुङ निर्माण गर्न


हिमाल हाइड्रो पावरलाई दिएको जिम्मेवारी अनुरूप काम भइरहेको जीएमआर माथिल्लो कणर्ाली जलविद्युत् कम्पनीका एजीएम शर्माले बताए ।माओवादीले सरकारसँग नीतिगत कुरा उठाए पनि आयोजनामा भने पूर्ण सहयोग


गरेको शर्माले जानकारी दिए । उनले भने, 'माओवादी पनि आयोजनाको पक्षमा छन्, उनीहरूले पनि हामीलाई पूरा सहयोग दिएका छन् ।'विकास सबैका लागि भएको बताउँदै उनले भने, 'आयोजना बनाउने


कुरामा हामीलाई सबै पार्टीले सहयोग गरेका छन्, आयोजना बनेमा यहाँकै बासिन्दाको आर्थिक विकास हुने हो ।' तीन सय मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनाको सर्भे गर्न लाइसेन्स पाएको भारतीय


कम्पनी जीएमआरले माथिल्लो कणर्ालीबाट ९ सय मेगावाट विद्युत् उत्पादन गर्ने योजना बनाएको छ । योजनामा दुई वटा सुरुङ निर्माण गरी वषर्ाको पानीलाई प्रयोग गरेर उत्पादन क्षमता बढाउने र विद्युत्


उत्पादन गृहमा जानका लागि सुरुङ मार्ग निर्माण गर्ने डीपीआरमा उल्लेख गरिने एजीम शर्माले बताए ।बाँधबाट करिब साढे नौ मिटर उचाइ भएको सुरुङबाट पानी लैजाने आयोजनाको सुरुङको लम्बाइ भने साढे २


किलोमिटर हुने र करिब १ सय २५ मिटर हेड हुने अनुमान छ ।दैलेखको सात्तला १ र अछामको भैरवस्थान २ मा निर्माण गर्न लागिएको ब्यारेजबाट साढे २ किलोमिटरको सुरुङपछि विद्युत् उत्पादन गृह भने अछामको


भैरवस्थान १ निर्माण गरिने भएको छ ।झन्डै १० हजार करोडको लागतमा निर्माण गरिने माथिल्लो कणर्ाली जलविद्युत् आयोजना अब भारतीय लगानीको सम्भवतः नेपालकै सबैभन्दा ठूलो विद्युत् आयोजना हुने भएको छ 


।तीन चरणमा पूरा गर्ने तीन सर्तका साथ नेपाल सरकार र भारतीय कम्पनी जीएमआर आईटीडी कन्स्ट्रक्सनबीच भएको सम्झौताअनुसार माथिल्लो कणर्ाली जलविद्युत् आयोजनाको ३० महिनाभित्रमा विस्तृत अध्ययन


प्रतिवदेन पेस गर्ने, साढे चार वर्ष निर्माणको काम र ३० वर्षका लागि सञ्चालनको जिम्मा रहने तीन सर्त रहेको छ ।नेपाल विद्युत् प्राधिकरणलाई बिनालगानी २७ प्रतिशत सेयर प्रदान गर्ने, १२ प्रतिशत


विद्युत् निःशुल्क रूपमा उपलब्ध गराउने र ३० वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ । जलविद्युत्ले स्थानीयस्तरमा रोजगार, विद्युत् र आर्थिक विकास टेवा पुर्‍याउने कुरामा आशा गरिएको उक्त


आयोजनाको विस्तृत अध्ययनकै क्रममा स्थानीय बासिन्दालाई आवतजावतमा सुविधा पुर्‍याउन १ करोडको लागतमा झोलुंगे पुल निर्माण थालिएको छ । आयोजना निर्माण क्षेत्रका बासिन्दालाई कणर्ाली नदीमा वारपार गर्न


१ सय ८६ मिटर लामो झोलुंगे पुल निर्माण गर्न लागिएको हो । दैलेखको सात्तला र अछामको भैरवस्थान गाविसमा पर्ने असारघाटमा पुल निर्माण भएपछि अछामका ५ र दैलेखका ३ गाविसका जनतालाई सुविधा पुग्नेछ ।


प्रकाशित : जेष्ठ ३, २०६७ ०८:५८ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको


आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी


लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com