नगरले सेवा प्रभावकारी बनाउने

feature-image

Play all audios:

Loading...

ओखलढुंगा — सिद्धिचरण नगरपालिकाले सेवाग्राहीलाई प्रवाह गर्ने सेवाको गुणस्तर पारदर्शी र जवाफदेही बनाउने १२ बुँदे प्रतिबद्धता जनाएको छ । <?xml encoding="UTF-8"??> नगरपालिकाले


विकास निर्माणलाई प्रभावकारी बनाउन चालु आर्थिक वर्षका सबै विकासका योजनाहरू फागुन मसान्तभित्र सम्झौता गर्ने, वडा कार्यलयहरूमा इन्टरनेट जडान गर्ने जस्ता प्रतिबद्धता जनाएको हो । प्रतिबद्धतामा


नगरपालिकाको आर्थिक स्रोत वृद्धिका लागि पेस्की र बेरुजु शून्य बनाउने र एकीकृत सम्पत्ति कर व्यवस्थित बनाउने लगायत उल्ल्ेख छ । त्यसैगरी सामाजिक सुरक्षा भत्ता पाउनेको फोटोसहित अभिलेख राख्ने,


स्वास्थ्य र शिक्षाको गुणस्तरीयता कायम गर्ने, रुम्जाटार विमानस्थलमा उडान नियमित गर्न पहल गर्ने, भूकम्पपीडितले अनुदान प्राप्त गर्न भएका कठिनाइ समाधान गर्ने प्रतिबद्धतापत्रमा लेखिएको छ ।


नगरपालिकामै सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राहीको सवाल सम्बोधन गर्दै सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे । प्रकाशित : माघ २१, २०७४


०८:०८ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि,


भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल


+977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com