
Play all audios:
स्याङ्जा — ओरस्टे २ सेराका तिम्ल्याहा दाजुभाइ प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण भएका छन् । स्थानीय दिव्यप्रकाश उच्च माविबाट परीक्षामा सम्मिलित १५ वर्षीय संगम, सन्दीप र सरगम पोख्रेल प्रथम
श्रेणीमा उत्तीर्ण भएका हुन् । <?xml encoding="UTF-8"??> उनीहरूले कोल्मा बराहचौर उच्च माविका एसएलसी केन्द्रबाट परीक्षा दिएका थिए । उनीहरू परीक्षामा सुरुदेखि नै प्रायः दोस्रो,
तेस्रो र चौथो स्थान हासिल गर्दै आएका थिए । पहिलेदेखि नै अत्यन्त मिल्ने दाजुभाइका रूपमा चिनिएका उनीहरू तीन जना नै प्रथम श्रेणी भएपछि खुसी भएका छन् । 'धेरै खुसी लागेको छ तीन जना एउटै
श्रेणीमा पास भइयो,' संगमले भने । यी तीनमध्ये जेठा संगम र माइला सरगमको कमर्श पढ्ने इच्छा छ भने कान्छा सन्दीपको इन्जिनियरिङ पढ्ने धोको छ । तर दुई जनासँग छुट्टनिे पीरले निर्णय लिइसकेका
छैनन् । 'तीन जना पास हुँदा अत्यन्त हषिर्त छु,' बुबा टुकनारायणले भने, 'छोराहरूको नतिजा कस्तो आउला भनेर पीर परेको थियो ।' छोराहरूको रोजाइको विषयअनुसार नै आफूले पठाउने
शर्माले बताए । दृष्टिविहीन सबै उत्तीर्णपोखरा संवाददाताअनुसार अमरसिंह उच्च माविबाट परीक्षामा सहभागी सबै ७ जना दृष्टिविहीन उत्तीर्ण भएका छन् । शिक्षक नीराजन लोहनीका अनुसार ५ जना प्रथम र २ जना
द्वितीय श्रेणीमा उत्तीर्ण भएका हुन् । पाल्पामा ३५ प्रतिशत उत्तीर्णपाल्पा- २०६८ सालको एसएलसी परीक्षामा विशिष्ट श्रेणीमा ८२, प्रथम श्रेणीमा ८ सय १४, द्वितीय श्रेणीमा ९ सय ७ र तृतीय श्रेणीमा ५३
गरी जम्मा १ हजार ८ सय ५६ जना उत्तीर्ण भएको प्रारम्भिक नतिजाले देखाएको छ । उत्तीर्ण प्रतिशत भने जम्मा ३५ देखिन्छ । एक्जाम्टेडतर्फ भने जम्मा २० जना परीक्षार्थी उत्तीर्ण भएको प्रारम्भिक
नतिजामा देखिएको छ । जिल्ला शिक्षा कार्यालय पाल्पाले भने पुष्टि गरिसकेको छैन । पाल्पाबाट यस वर्ष एसएलसीमा नियमिततर्फ ५ हजार ६६ र एक्जाम्टेडतर्फ १ हजार ४ सय ७३ परीक्षार्थी सहभागी भएका थिए ।
मकवानपुरमा २१ प्रतिशत कमहेटौंडा संवाददाताअनुसार मकवानपुरमा गत वर्षको तुलनामा २१ प्रतिशतले कमी आएको छ । गत वर्ष ६६ दशमलब ५५ प्रतिशत उत्तीर्ण भएकामा यस वर्ष ४५ दशमलब ७ प्रतिशत मात्र उत्तीर्ण
भए । २ हजार ४ सय ५० परीक्षार्थी उत्तीर्ण भएकामध्ये विशिष्ट श्रेणीमा १ सय ७५, प्रथम श्रेणीमा ९ सय ६४, द्वितीय श्रेणीमा १ हजार २ स २२ र तृतीय श्रेणीमा ८९ जना उत्तीर्ण भएका छन् ।म्याग्दीमा १२
सय २० उत्तीर्णम्याग्दी- बुधबार परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको एसएलसी परीक्षाको परिणामअनुसार यस वर्ष म्याग्दीबाट १ हजार २ सय २६ नियमिततर्फ ६२ भन्दा बढी प्रतिशत परीक्षार्थी
उत्तीर्ण भएका छन् । शिक्षा कार्यालयको प्रारम्भिक विवरणअनुसार यसपटक जिल्लाबाट ५१ जना विशिष्ट श्रेणीमा, ३ सय ४७ जना प्रथम श्रेणीमा, ७ सय ८४ जना दोस्रो र तेस्रो श्रेणीमा ४४ जना उत्तीर्ण भएका
छन् । जिल्लाभरका विद्यालयबाट १ हजार ५० जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । प्रकाशित : जेष्ठ ३२, २०६९ ०९:४५ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९
कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो
तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल
+977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com