कस्तो होस् जीवनशैली?

feature-image

Play all audios:

Loading...

काठमाडौं — मानिसका रोगहरूलाई योगले समेत ठीक पार्नुपर्ने सन्देशसहित डा. राजु अधिकारीले चौथो पुस्तक ल्याएका छन् । ‘यस्तो होस् जीवनशैली’ राजधानीमा शुक्रबार डा. गोविन्द केसी, डा. सुन्दरमणि


दीक्षित, डा. भगवान् कोइराला, अभिनेताहरू शिव श्रेष्ठ र मनोज गजुरेल, मानव अधिकारकर्मी कृष्ण पहाडी, सचिव दिनेश थपलियाले सार्वजनिक गरे । <?xml encoding="UTF-8"??> स्वस्थ


जीवनशैलीका लागि योगको आवश्यकता उक्त पुस्तकमा समावेश भएको डा. कोइरालाले बताए । उनले भने, ‘खराब जीवनशैलीका कारण मानिसमा ६० प्रतिशत नसर्ने रोगहरू देखा पर्ने गरेका छन् ।’ लेखक डा. अधिकारीले


बाहिरी र भित्री संसारलाई आफ्नो पुस्तकले जोड्नेमा आफू आशावादी रहेको सुनाए । ‘बाहिरी ज्ञान भएका मान्छेले पनि आफ्नै शरीरभित्रको ज्ञान राख्दैनन्,’ उनले भने, ‘प्रकृति र संस्कृतिको मेल गर्न


नसकेपछि उनीहरू विकृतिको सिकार बन्छन् । सबैजसो रोगहरू विकृत भोजनका कारणले लाग्ने गर्छन् । अस्तव्यस्त जीवनशैलीलाई हामीले योगमार्फत सन्तुलनमा राख्नु अत्यावश्यक छ ।’ तीन खण्डमा विभक्त पुस्तकमा


योग र व्यायाम शैली, दिनचर्या, भोजनचर्या, निद्राशैलीजस्ता विविध विषयबारे जानकारी दिइएको छ । प्रकाशित : फाल्गुन ७, २०७३ ०८:२४ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय


दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस्


» उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com