
Play all audios:
ललितपुर — 'जोखिमका तस्बिरहरू' शीर्षकको उपाधि सिंगापुरका फोटोग्राफर एडविन कोलेले पाएका छन् । उनको सन् २००८ को कोसी बाढीबाट विस्थापितले दसंैका लागि सामान मिलाउँदै गरेको फोटो छानिएको
थियो । <?xml encoding="UTF-8"??> बाढीबाट विस्थापित भएकी ३० वषर्ीया फूलकीदेवी सदारले दसंैका लागि आलु र सागसब्जी मिलाउँदै गरेको फोटो प्रथम भएको हो । कोसी छेउको पर्खालमा निराश
भएर बसेकी फूलकीदेवीले काखमा बच्चा च्यापेकी छिन् । साथमा उनको झोला राखिएको छ । उनी बसेको बायाँतर्फ कोसीमा घर जान डुंगा प्रयोग गरिएको देखिन्छ । कोलेको फोटोले ५० हजार रुपैयाँ र प्रमाणपत्र पाएको
छ । उनी कार्यक्रममा उपस्थित थिएनन् । प्रतियोगितामा विजेतालाई बुधबार ललितपुरमा एक कार्यक्रम गरी संयुक्त राष्ट्रसंघीय आवासीय तथा मानवीय मामिला संयोजक रोवर्ट पाइपरले पुरस्कार प्रदान गरेका थिए
। संयुक्त राष्ट्रसंघद्वारा प्रकोप जोखिम सचेतनाका लागि नेपाल जोखिम न्यूनीकरण समूहद्वारा आयोजना र फोटो सर्कलको व्यवस्थापनमा फोटो प्रतियोगिता भएको थियो । प्रतियोगितामा एक सय पाँच जना
फेटोग्राफरका चार सय ४८ वटा फोटोहरू संकलन भएको आयोजकले जनाएको छ । प्रतियोगितामा नवीन्द्र प्रधानांग दोस्रो भएका छन् । उनले ३० हजार रुपैयाँ पाएका छन् । उनको काठमाडौंको हनुमानढोकानजिकै यट्खाको
एक घटनालाई जीवन्त रूपमा उजागर गरेको फोटो छानिएको थियो । एउटा घरको भान्सा कोठाबाट चुहावट भएको खाना पकाउने ग्यासबाट सल्केको आगोले पाँच घर जलेको थियो । फोटोमा आगो निभाउन अग्निनियन्त्रक र
स्थानीयवासीले जोखिम मोलेको देखिन्छ । तेस्रो पुरस्कार किरण पाण्डेले पाएका छन् । उनले १५ हजार रुपैयाँ पाएका छन् । ललितपुरको आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरूले भूकम्पसम्बन्धी अभ्यास
गरिरहेको फोटो छानिएको थियो । यो तस्बिरमा भूकम्प आउँदा आत्तिएर विद्यार्थीहरू कक्षाकोठाको डेक्स-बेन्चमुनि आड लिएको फोटो थियो । प्रतियोगितामा सहभागी २० जनाले सान्त्वना पुरस्कार पाएका छन् ।
उनीहरूले जनही पाँच हजार रुपैयाँ पाए । पुरस्कार पाउनेमा कान्तिपुरका नरेन्द्र श्रेष्ठ, मकर श्रेष्ठ र शैलेन्द्र खरेल छन् । त्यसैगरी चन्द्रशेखर कार्की, ध्रुव आले, देवेन्द्र बिसी, गणेश थापा, कुशल
गोयल, मनोज श्रेष्ठ, नवीन बराल, नवीन श्रेष्ठ, पल राइट, प्रकाश तिमिल्सेना, राम हुमागाइर्ं र यात्रा थुलुङ छन् । प्रतियोगिताका निणर्ायकका रूपमा कान्तिपुर पब्लिकेसन्सका फोटो सम्पादक विकास
रौनियार, यूएनडीपीको अन्तर्राष्ट्रिय विपद् जोखिमका कार्यक्रम व्यवस्थापक भिक्टोरिया कियानपोर र फोटोग्राफर सतीश शर्मा थिए । विजेता फोटोलाई जनवरी २०११ मा हुने प्रदर्शनी यात्रामा समावेश गरिने
आयोजकले जनाएको छ । प्रकाशित : पुस १, २०६७ ०९:०६ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर
राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा
पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright
ekantipur.com