
Play all audios:
दैलेख — भारतको ग्वालियरमा सडक दुर्घटनामा मृत्यु भएका नेपालीको शव तीन दिन बित्दासमेत स्वदेश ल्याउन सकिएको छैन । <?xml encoding="UTF-8"??> बिहीबार ग्वालियर नजिकै भिन्ड नेसनल
हाइवेमा भएको दुर्घटनामा दुल्लु नगरपालिका–६, खर्चेगैराका दम्पतीसहित चार जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ५० वर्षीय कालो रावल, उनकी ४० वर्षीया श्रीमती सुर्जा, भतिजा १८ वर्षीय टोपेन्द्र र
सोही गाउँका ३७ वर्षीय तिलक जीसी छन् । रावल दम्पतीका जेठा छोरा प्रकाशसहित ७ जना घाइते छन् । रावलका भतिज कृष्णका अनुसार बिहीबार बिहान करिब ५ बजेतिर विपरीत दिशाबाट गएको ट्रकले ठक्कर दिँदा
भ्यान दुर्घटना भएको हो । उनीहरू भ्यान रिजर्भ गरेर फर्किरहेका थिए । दुल्लु नगरपालिका–६ का वडाध्यक्ष बखतबहादुर खड्काले शव ल्याउन स्थानीय सहकारी संस्थाबाट ऋण र गाउँलेबाट सापटी मागेर पठाइएको
बताए । प्रकाशित : फाल्गुन २४, २०७७ ०८:०७ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार,
मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस
पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com